Breaking News
Loading...
Saturday, December 14, 2013

Info Post
रोल्पाको लिबाङमा मंसिर २९ ललित साहित्य परिषदको आयोजनामा ुराप्ती अञ्चलस्तरीय गजल प्रतियोगिताु सम्पन्न भएको छ । प्रतियोगितामा दाङका नवीन अभिलाषी प्रथम, रोल्पाका खबपु चञ्चल मगर द्वितीय, रवीन्द्र सुनार तृतीय हुनुभएको छ । त्यस्तै सल्यानका दाङका राजेशकुमार अर्याल, रोल्पाका चेमली सौदामिनी मगर र तुलसीदीप ज्ञवाली सान्त्वना हुनुभएको छ। प्रतियोगिामा दाङबाट २, सल्यानबाट २, प्युठानबाट १ र रोल्पाबाट २० गरी २५ गजलकारहरु सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वनालाई १÷१ हजार र प्रमाणपत्र प्रदान गरिएको परिषद्का अध्यक्ष ओम केसीले जानकारी दिनुभयो  ।
त्यसरी नै, कार्यक्रममा ललित साहित्य परिषद् रोल्पाका संस्थापक सचिव स्व। इन्द्र यात्रीको सम्मानार्थ प्रकाशन गरिएको ‘इन्द्र यात्री’ कृति र के।बी। घर्ती रोल्पाली घायलको ‘विछोडका घाउहरु’ गजलसङ्ग्रह विमोचन गरिएको थियो । ‘इन्द्र यात्री’को लोकार्पण कार्यक्रमको प्रमुख अतिथि भूपेन्द्र सुवेदी र स्व। यात्रीकी धर्मपत्नी लालकुमारी पुनले संयुक्त रुपमा गर्नुभएको थियो भने समीक्षा पत्रकार खेम बुढामगरले गर्नुभएको थियो । त्यस्तै ‘विछोडका घाउहरु’को विमोचन कार्यक्रमका विशिष्ट अतिथि एवं साहित्यकार नाराणप्रसाद सुवेदी र गौरीकिरण डाँगीले गर्नुभएको थियो भने समीक्षा गजलकार धनराज अविरलले गर्नुभएको थियो ।
परिषद्का सचिव खेमराज गाउँलेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार भूपेन्द्र सुवेदी, नारायणप्रसाद सुवेदी, गौरीकिरण डाँगी, डी।बी। टुहुरो, पुरण क्षेत्री, मोहन सहयात्री परियार, जितविक्रम मल्ल, चन्द्रा सुनारलगायतले मन्तब्य राख्न्ु भएको थियो ।
ओम पन्छीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव केवी विरही र सदस्य नवीन लोचनमगरले गरेका थिए ।
Newer Post
Previous
This is the last post.

0 comments:

Post a Comment